Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ऋणपत्र आजबाट खुल्ला, कति दिने आवेदन ?

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, ०६ : ३९ मा प्रकाशित

प्रभु बैंकको ऋणपत्र आजबाट खुल्ला, कति दिने आवेदन ?

अर्थ संसार, काठमाडौं - प्रभु बैंक लिमिटेडकाे ऋणपत्र आज (श्रावण १९ गते, साेमबार) बाट खुल्ला भएकाे छ । 

बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हाे । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ ।

 बैंकले ८ वर्ष अवधिका लागि १० प्रतिशत व्याजदरमा ‘१० % प्रभु बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभु बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असार ३१ गते बुधबार नै अनुमति दिएकाे थियाे ।

त्यसैगरी, यस ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

आज (श्रावण १९ गते, साेमबार) बाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटाेमा श्रावण २३ गते शुक्रबार र ढिलाेमा भाद्र १ गते साेमबारसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडाैँ,  प्रभु बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको