Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम माैका

निशा हुमाँगाई

सोमबार, १९ साउन २०७७, १० : १२ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम माैका

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम माैका रहेकाे छ । कम्पनीले सर्वसाधारण समूहको ५४ हजार ६ सय ३१ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी साउन १२ गतेदेखि बिक्री खुल्ला गरेकाे हाे ।

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ३ हजार २ सय ९५ जना शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको