Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ जारी गरेको नेपाल पुनर्बीमा कम्पनीको कति छ नाफा ? (विवरणसहित)

निशा हुमाँगाई

मंगलबार, २० साउन २०७७, १० : १५ मा प्रकाशित

आइपिओ जारी गरेको नेपाल पुनर्बीमा कम्पनीको कति छ नाफा ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्ममा ९१ करोड ६१ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । कम्पनीले जीवन व्यवसायबाट ९ करोड १० लाख ७८ हजार रुपैयाँ र निर्जीवन व्यवसायबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ आर्जन गरेकाे हाे । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २.७८ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेकाे छ । कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड ८४ लाख ५० हजार रुपैयाँ र जीवन व्यवसायबाट ३१ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको हाे ।

त्यस्तै, चैत्र मसान्तसम्ममा कम्पनीकाे चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ३१ करोड रुपैयाँ रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको