अर्थ संसार, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार अख्तियारका प्रमुख आयुक्त सहित १८२ को स्वाब संकलन गरी परीक्षण गरिएकामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि हुनेमा अधिकांश सुरक्षाकर्मी रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस