अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार मोरङ जिल्लाको विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय पुरुषको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे हाे । ज्वरो तथा श्वास–प्रश्वासमा समस्या आएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको मधुमेह र रक्तचापका बिरामी उनकाे हिजाे (साेमबार) मृत्यु भएकाे डा. जागेश्वर गाैतमले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस