Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा लगानी गर्ने हो ? लिवर्टी ईनर्जीको आइपिओ भर्ने आज अन्तिम मौका  !

अर्थ संसार

बुधबार, २१ साउन २०७७, ०८ : ०१ मा प्रकाशित

हाइड्रोमा लगानी गर्ने हो ? लिवर्टी ईनर्जीको आइपिओ भर्ने आज अन्तिम मौका  !

अर्थ संसार, काठमाडौं-  लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा लगानी गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १५ लाख कित्ता अर्थात १५  करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गरेको छ ।लगानी गर्ने इच्छुक स्थानीयवासीले  बुधबार अर्थात साउन २१ गते बैकिङ समयपछि बन्द हुने निश्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल  लिमिटेडले जनाएको छ ।    

 कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा .६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानीयलाई छुट्याएको मध्ये  ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता निष्कासन गरेको छ ।  । त्यस्तै, यस बाहेकका ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि निष्कासन गरेको छ ।

त्यसैगरी, प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण शेयरमा लमजुङबासीले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ जसमा १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्नेछ ।

लगानीकर्ताले सिआस्वा बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
 

 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको