Like us!
Follow us!
Connect us!
Watch us!

डेनमार्कमा विदेशी विद्यार्थीले लगाए टिका र जमरा (भिडियो सहित)

शुक्रबार, २८ असोज २०७३, १३ : २५ मा प्रकाशित

डेनमार्कमा विदेशी विद्यार्थीले लगाए टिका र जमरा (भिडियो सहित)


अर्थ संसार
काठमाडौं–डेनमार्कको कोपनहेगन नजिकको जिल्यान्डमा रहेको जिल्यान्ड इन्स्टिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी ९जिबात० मा अध्ययनरत नेपालीसहित विदेशी विद्यार्थीले एक अर्कालाई टिका, जमरा लगाइ दिएर भब्य रुपमा नेपालीको चाड दशैं मनाएका छन् ।

उनीहरुले टिका लगाएर चाड मनाएको भिडियो यतिखेर फेसबुकमा भाइरल बनेको छ । भिडियोमा टिका–जमरा लगाएपछि विदेशी विद्यार्थीले हात जोडेर नमस्कार गरेको दृष्य निकै मन लोभ्याउने देखिन्छ । विद्यार्थीले टिका लगाएपछि विदेशी परिकारसँगै चिउरा, तरकारी मासुका परिकार खाएर रमाइलो गरेका थिए । नेपाली झण्डासमेत फहराउँदै दही र अविरमा मुछिएको अक्षता विद्यार्थीहले लगाइरहँदा पृष्ठभूमिमा मालश्री धुन बजाइएको थियो ।

जिल्याण्ड रिजनमा निकै चर्चित उक्त इन्स्टिच्युटका ५ क्याम्पसमा विश्वका विभिन्न मुलुकका ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त प्रतिस्ठानका रोस्किल्डे, कोगे, न्यास्टभेड, स्लागेल्से र न्याकोबिङ फास्टर सहरमा गरी ५ क्याम्पस छन् । उक्त प्रतिस्ठानले खास गरी ब्यवस्थापन र प्रविधिको कक्षा संचालन गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको