Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १६ : ३६ मा प्रकाशित

कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा पर्साका दुई जना रहेका छन् । वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा वीरगन्ज १५ का ४६ वर्षीय पुरुषकाे उपचारका क्रममा बुधबार बिहान र सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको