अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेकाे अवितरित हकप्रद शेयर आज (श्रावण २२ गते बिहीबार) बाट खुल्ला भएको छ । कम्पनीले सर्वसाधारण समूहकाे ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता र संस्थापक समूहकाे ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता गरी कूल १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।
कम्पनीले फागुन २२ गतेबाट असार २५ गते बिहीबारसम्म १० बराबर ६ (१०:६) काे अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३६ लाख ८१ हजार ३ सय ५९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे । त्यसैले आवेदन नपरेकाे बाँकी शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।
उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज श्रावण २२ गते बिहीबारदेखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
<
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस