Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ !  पुन : रमेश अर्याल एनसीसी बैंकको सिइओमा नियुक्त

अर्थ संसार

विहीबार, २२ साउन २०७७, ०९ : ३९ मा प्रकाशित

बधाई छ !  पुन : रमेश अर्याल एनसीसी बैंकको सिइओमा नियुक्त

अर्थ संसार, काठमाडौं–  कुशल कार्यशैलीको छबी बनाएका एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश अर्याल पुन : नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्को चार वर्षका लागि सिइओ नियुक्त गरेको हो । 

अर्यालको दोश्रो कार्यकाल असोज १ गतेबाट सुरु हुनेछ ।  अमृत चरण श्रेष्ठले एनसीसी बैंक छाडेपछि अर्याल २०७३ असोज १ गते बैंकको सिइओ नियुक्त भएका थिए । ३० वर्ष अघि तत्कालीन नेपाल ग्रीनलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैकिङ करिअर आरम्भ गरेका अर्याल २०५३ माघदेखि एनसीसी बैंकमा कार्यरत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको