Like us!
Follow us!
Connect us!
Watch us!

निर्मल प्रधान एनसीसी बैंकको मर्जर कमिटीबाट आउट

अर्थ संसार

शुक्रबार, १७ माघ २०७६, १६ : ५८ मा प्रकाशित

निर्मल प्रधान एनसीसी बैंकको मर्जर कमिटीबाट आउट

अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकको मर्जर कमिटीबाट निर्मल प्रधान आउट भएका छन् ।निर्मल प्रधान एनसिसि बैंक लिमिटेडको मर्जर कमिटीको उप संयोजक रहेका थिए ।

प्रभु बैंक र एनसिसि बैंकको मर्जरको विषय छलफल कै क्रममा रहेको र पूर्ण कमिटिको बैठकले निर्णय नलिएको अवस्थामा प्रधानले केही संचारमाध्यम मार्फत मर्जरको विषयमा बोलका थिए ।

  बैंक मर्जर भित्रको कुरा कमिटीको निर्णय विपरी आफूखुसी मिडियासामू ओपन हुन थालेपछि निर्मलप्रधानमाथि मर्जर कमिटि,संचालक र शेयरधनी खनिएका थिए ।

प्रभु बैंकसँगको मर्जरको विषयमा आफूखुसी बोलेपछि प्रधानमाथि नैतिक दवाव बढेसँगै मर्जर कमिटिबाट राजिनामा दिएको र बैंकले राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ । 

माघ १७ गते सम्पन्न २२ वार्षिक साधारणसभा बोल्ने शेयरधनीले  निर्मल प्रधानले बैंकको गोप्य सुचना बाहिर ल्याएको भन्दै आक्रोस पोखेका थिए । 

यो पनि पढ्नुहोस्

एनसीसी बैंककाे २२औं साधारण सभा भव्य र सव्य रूपमा सम्पन्न 

शेयरधनीको मागपछि एनसीसी बैंकले घटायो प्रस्तावित बैठक भत्ता 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको