Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लघुवित्तकाे अधिकांश सूचकमा चमक

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, १० : २२ मा प्रकाशित

स्पर्स लघुवित्तकाे अधिकांश सूचकमा चमक

अर्थ संसार काठमाडाैं - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ८८ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ८४ दशमलव ५७ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ५६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ७० दशमलव ३७ प्रतिशतले बढेर ७ करोड ५२ लाख ६८ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो ।

संस्थाकाे सञ्चालन मुनाफा ७० दशमलव २१ प्रतिशतले बढेर ३ करोड ८९ लाख १७ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा २ करोड २८ लाख ६३ हजार रूपैयाँ रहेकाे थियाे ।

यस्तै, संस्थाकाे चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ६७ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, संस्थाकाे प्रतिशेयर आम्दानी ३० रूपैयाँ ७४ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ २३ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको