Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, १६ : ०० मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक  एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) ४ वटा कम्पनीकाे शेयर सूचीकृत भएको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको शेयर सूचीकृत भएको नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३ लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता बाेनस शेयर सूचीकृत भएकाे हाे ।

यसैगरी, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ५ लाख ११ हजार ९ सय ८९ कित्ता बाेनस शेयर सूचीकृत भएकाे हाे ।

त्यस्तै, एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता बाेनस शेयर सूचीकृत भएकाे हाे ।

त्यसैगरी, कुमारी बैंक लिमिटेडकाे देव : विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता शेयर सूचीकृत भएकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको