Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप ५ जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, १६ : ४३ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ५ जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मोरङका २ जना, सर्लाहीका एक जना, धनुषाका एक जना र सप्तरीका एक जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको हाे ।

मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको हाे । त्यस्तै, मोरङबाट मृत्यु हुने अर्का संक्रमित पनि ४५ वर्षीय पुरूष हुन् ।

यसैगरी, सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको हाे । 

त्यस्तै, धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको हाे भने सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते राती मृत्यु भएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको