Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले थप्याे नयाँ शाखा

निशा हुमाँगाई

विहीबार, २२ साउन २०७७, १७ : ०६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले थप्याे नयाँ शाखा

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । याे सँगै बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ५८ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जाल सहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको