Like us!
Follow us!
Connect us!
Watch us!

'सरकारले नेपालको आकाश कन्ट्रोल गरे हामी 'क्लिन फिड' लागू गर्न तयार छौं '

शुक्रबार, २३ साउन २०७७, १३ : ३९ मा प्रकाशित

'सरकारले नेपालको आकाश कन्ट्रोल गरे हामी 'क्लिन फिड' लागू गर्न तयार छौं '


विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारण भएको लकडाउने देशका अर्थतन्त्र दयनिय अवस्थामा पुगेको छ । विशेष गरी व्यवसाय यति खेर थला परेका छन् । व्यवसायलाई नाफा भन्दा पनि कसरी टिकाउने भन्ने चिन्ताले रातदिन  व्यवसायीहरुलाई पिरोलेको छ । यसै विचमा हामीले डिशहोम मिडिया नेटवर्कमा लकडाउनको परेको असर, भावि योजना कस्तो छ र साधारण शेयर आइपिओ निश्कासनको तयारी कहाँ पुग्यो ? यिनै विषयमा केन्द्रि भएर अर्थ संसार डटकले डिशहोम मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यसँग गरिएको सारांश कुराकानी :

नोट : सवै कुराकानी हेर्नको लागि भिडियो हेर्नुहोला । 

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |


लकडाउनले डिसहोमलाई कस्तो असर गरेको छ ? 

डिशहोमलाई अवश्य असर गरेको छ । लकडाउनले घरमा सव परिवार डिस होम हेर्न मौका मिल्यो छ । तर, काठमाडौंमा पनि डिश होम हेरिरहनु भएको थियो गाउँ जानुभयो गाउँमा पनि डिशहोम हुर्नुभयो । यसको मतलव काठमाडौंको कोठमा जडान गरिएको डिस होम त बन्द भयो । त्यो सँगै रिचार्ड कार्डहरु पुर्याउन समस्या भयो । हाम्रा कर्मचारीहरुले अफिसमै बसेर काम गरेका थिए । सेवामा निरन्तर दिएका छौँ । व्यापार व्यवसयामा असर गरेको छ । 

अहिले इन्टरनेटले पनि टिभी च्यानल ग्राहकलाई सेवा दिन थालेको छ, यसलाई डिशहोमले कसरी लिएको छ ?

यो एकदमै सकारात्मक रुपले हेरेका छौँ । प्रतिस्पर्धा भयो भने नै हामीलाई पनि सधै अग्र स्थानमा बनाउन सक्छ । हामीले पनि ग्राहकलाई कसरी गुणस्तरी सेवा  कसरी दिने ? ग्राहकलाई कसरी डिशहोममा बाँध्ने भनेर नयाँ नयाँ सेवा दिन सक्नेछौँ र दिदै आएका छौँ । एक्लै हुने हो भने त भोली केही नगरेपनि भैहाल्छ नी ? प्रतिस्पर्धा स्वीकारयोग्य  छ र व्यापार व्यवसायलाई पनि राम्रो गर्छ । 

सरकारले 'क्लिन फिड' ऐन पारितसँगै कार्यान्वनको तयारीमा छ ? यसले कत्तिको असर गर्छ ? 

 'क्लिन फिड' भनेको केही पनि नहुने अर्थात र फाइललाई क्लिन फिड भनिदो रहिछ । यो नेपालमा २०/२२ वर्षअघिदेखि नै आवाज उठ्दै आएको रहिछ । विदेशी च्यानलमा विदेशी विज्ञापनहरु बज्यो । नेपालको हकमा त्यसले केही जस्टिफाइट नै गर्दैन् ।  असान्दर्भिक विज्ञापन पनि बज्नेभयो, नेपालमा नपाउने चिजको पनि विज्ञापन बज्ने भयो । त्यस्तो खालको विज्ञापनले चाही याहाँको विजनेशलाई विगार्यो अथवा  त्यो विज्ञापनको यहाँ जरुरी छैनन् त भन्ने भयो ।  तर, हामीले आत्मासाथ गर्ने पर्ने अवस्था पनि छ  । किने भने नेपालीले विश्व कप नहेरी बस्नै सक्दैन । कतिपय कार्यक्रममा इनप्लेस विज्ञापन हुन्छन् त्यसलाई चाहि क्लिन फिडले डिफाइन गर्छ कि गर्दैन  ? यदि अहिलेको निर्देशिकाले डिफाइन गरिदिएन भने भोली नेपालमा त केही पनि देखाउँन पाइदैन । त्यस्तो अवस्था नआओस भन्ने हो । यदि क्लिन फिडमा विदेशी च्यानलमा आउने विदेश विज्ञापन हटाउनु पर्ने हो भने भोली दिनमा सेवामा महँगो हुने गर्दछ । यसको भार ग्राहकमहानुभावलाई पर्नेछ । आाज ३ सय तिर्ने ग्राहकले भोली ६ सयसम्म तिर्न पर्ने हुन्छ । 

सरकारले नेपालको आकाश कन्ट्रोल गरिदिन्छु क्लिन फिड लागू गर भन्यो हामी त  तयार छौँ । 

 व्यवसायमा सफल हुँदा हुँदैपनि तपाईहरुले साधारण  शेयर आइपिओ निश्कासन  गर्दै हुनुहुन्छ  नी ? 

 हो । यो धेरै दुःख र कष्ट पछि पाएको सफल कथा हो । यसलाई किन शेयर नगर्ने त ? यस सफल कथा वा विजनेशलाई हामीमा मात्र सिमित नराखेर अझ ठूलो कम्पनी बनाउने हाम्रो उदेश्य हो । आज डिशहोम हेरिरहेको ग्राहकले यसको  म पनि पार्टनर हुँ भनेर सोच्न सकेन न । कम्पनीको इक्वीटी लगभग २ सय करोडको छ । हामीले २३ लाख ८५ हजार  अर्थात २३ करोड ८५ लाख  रुपैयाँको हो  । आइपिओ निश्कासनपछि कम्पनीको इक्वीटि २ सय २३ करोड ८५ लाख रुपैयाँ हुन्छ । हामीले जम्मा १० प्रतिशत आइपिओमा जान लगेको हो । आइपिओमा जानुको अर्काे कारण भने हाम्रा कामहरु एकदमै पारदर्शि छन् । सरकारले पनि ५० करोड भन्दा माथिको कम्पनीलाई पव्लिकमा जाने प्रोत्साहन पनि छ । 

 आइपिओको प्रक्रिया कहाँसम्म पुग्यो ? 

अहिले हामीले नियामक नियाका नेपाल धितोपत्र बोर्ड (सेवोन) मा  आइपिओ निश्कासनको लागि आवेदन दिएका छौँ । 

आम लगानीकर्ताको पर्खाइमा रहेको डिशहोमको आइपिओ कहिलेसम्म लगानी गर्न पाउँछौ होला  ? 

हामीले टार्गे भनेको सेप्टेम्बर हो । केही वाधा अप्ठ्यारो आएन भने सेप्टेम्बर अन्तिमतिर सम्म निश्कासन गर्नेछौँ । 

लगानीकर्ताले डिस होमको आइपिओ किन भर्ने ? 

सवै भन्दा पहिला त हामिले प्रिमियम मूल्यमा नगरी प्राइमरी मूल्य अर्थात प्रतिकित्ता १०० रुपैयाँमा निश्कासन गरेका छौँ । दोस्रो भनेको कम्पनी नाफामा छ । 

अन्त्यमा डिशहोमको ग्राहकलाई के भन्नु हुन्छ ? 

यो १० वर्षको यात्रामा हामीलाई साथ र विश्वास गरि दिनुभयो त्यसको हामी अभारी छौ । म र हाम्रो टिपले भन्छ पैसालाई फलो गरेर पैसा खोज्दै गएको हौइन की, ग्राहकलाई सन्तुष्ट पारेर हामी पैसा कमाउँछौँ । पैसाले चाही हामीलाई फलो गरोस भन्छौँ हामी । हामीले काम गर्दा पहिला पैसालाई हेर्दैनौ, पहिला ग्राहकलाई सन्तुष्टि हेर्छाै । यौ मौका मिलिरहोस धन्यवाद ।

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको