Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार उपत्यकामै थपिए १०६ संक्रमित, जम्मा कति ?

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १६ : ३४ मा प्रकाशित

शुक्रबार उपत्यकामै थपिए १०६ संक्रमित, जम्मा कति ?

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २२ हजार २ सय १४ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

शुक्रबार काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका चार  जना गरी उपत्यकामै १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको