Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप ५ जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १६ : ४४ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ५ जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा पर्साका ३ जना, सिरहाका एक जना र सर्लाहीका एक जना रहेका छन् ।

पर्साका ४५, ७९ र ५७ वर्षीय पुरूष, सिरहाका २५ वर्षीय पुरूष र सर्लाहीका ४५ वर्षीय पुरूषकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे डा. जागेश्वर गाैतमले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको