अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा काठमाडौं, पर्सा र मोरंगका एक एक जना रहेका छन् ।
पर्साका ७४ वर्षीय पुरुष, मोरङका १ जना पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिलाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस