Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफकाे नाफा घट्दा, कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १० : २८ मा प्रकाशित

प्राइम लाइफकाे नाफा घट्दा, कस्ता छन् अरू सूचक ?

अर्थ संसार काठमाडाैं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४.६४ प्रतिशतले थाेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले  ३ अर्ब २६ करोड २५ लाख ९८ हजार  रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १३.७८ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि २८.८९ प्रतिशतले बढेर ११ अर्ब ४७ करोड ६६ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा ८ अर्ब ९० करोड ४१ लाख ४६ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ५६ पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको