Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १६ : ३९ मा प्रकाशित

कोरोना संक्रमणबाट थप दुई जनाकाे मृत्यु : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ बस्ने ६२ वर्षीय पुरुषको साउन २४ गते राती उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा मृत्यु भएको हाे भने पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ बस्ने २० वर्षीय महिलाकाे साउन २४ गते बिहान मृत्यु भएकाे हाे । हाइपो थाइरोडिजमकी बिरामी उनकाे नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको डा. जागेश्वर गाैतमले बताएका छन् । 

 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको