Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी ईनर्जीको आइपिओ बाँडफाँड  !

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, ०६ : ३४ मा प्रकाशित

लिवर्टी ईनर्जीको आइपिओ बाँडफाँड  !

अर्थ संसार, काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडले साउन ७ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बाँडफाँड गरेकाे छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ साउन २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमाेजिम साउन २४ गते शनिबार निष्कासन कम्पनीकाे सञ्चालक समितिबाट बाँडफाँड गरिएकाे कम्पनीले जानकारी दिएकाे छ । बाँडफाँड परेकाे शेयरहरूकाे विवरण कम्पनीकाे वेबसाइट तथा निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलकाे वेबसाइटबाट हेर्न सकिने पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई ३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता निष्कासन गरेको थियाे ।  त्यस्तै, यस बाहेकका ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि पनि निष्कासन गरेकाे थियाे ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ जसमा १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको