Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १० : ०६ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

अर्थ संसार काठमाडाैं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३८१.५२ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ४ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ४.९७ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ४१.६५ प्रतिशतले बढेर ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा २३ करोड १ लाख ७४ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ र जगेडा कोषमा २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको