Web Analytics Made Easy - StatCounter
Like us!
Follow us!

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १६ : २९ मा प्रकाशित

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २३ हजार ३ सय १० जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

साेमबार काठमाडौंका ३६ तथा ललितपुरका ४ जना र भक्तपुरका ४ जना गरी उपत्यकामा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको