Web Analytics Made Easy - StatCounter
Like us!
Follow us!

काठमाडौंका २ सहित थप ४ जनाकाे मृत्यु - स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १६ : ४७ मा प्रकाशित

काठमाडौंका २ सहित थप ४ जनाकाे मृत्यु - स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा काठमाडौंका २ जना, बाँकेका १ जना र पर्साका १ जना रहेका छन् ।

काठमाडौं मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा, कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुष, पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिला र बाँकेको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया महिलाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको