Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १६ : ३० मा प्रकाशित

बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २४ हजार ४ सय ३२ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना गरी उपत्यकामा मात्रै १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, बुधबार थप ६४ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुगेकाे छ । कुल संक्रमितमध्ये ६८ दशमलव ४ प्रतिशत निको भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको