Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको लिलामी शेयर भर्ने आज अन्तिम मौका !

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १० : ४६ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको लिलामी शेयर भर्ने आज अन्तिम मौका !

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री गरिरहेकाे अवितरित हकप्रद शेयर भर्ने आज (साउन २९ गते बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले सर्वसाधारण समूहकाे ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता र संस्थापक समूहकाे ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता गरी कूल १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेको हाे ।

कम्पनीले फागुन २२ गतेबाट असार २५ गते बिहीबारसम्म १० बराबर ६ (१०:६) काे अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३६ लाख ८१ हजार ३ सय ५९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे । त्यसैले आवेदन नपरेकाे बाँकी शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज बिहीबारसम्म मात्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

<

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको