Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सले धमाधम पठाउँदै बोनस, शेयरधनीलाई यस्तो आग्रह

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १३ : ५२ मा प्रकाशित

प्रभु इन्स्योरेन्सले धमाधम पठाउँदै बोनस, शेयरधनीलाई यस्तो आग्रह

अर्थ संसार, काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गरिरहेकाे छ ।

कम्पनीको गत माघ २४ गते सम्पन्न भएकाे चाैबिसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत बाेनस शेयर गत माघ ९ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । कम्पनीकाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको