Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको “१०% प्रभु बैंक डिबेन्चर २०८४” बाँडफाँड

अर्थ संसार

शुक्रबार, ३० साउन २०७७, १३ : ०२ मा प्रकाशित

प्रभु बैंकको  “१०% प्रभु बैंक डिबेन्चर २०८४” बाँडफाँड

अर्थ संसार, काठमाडौं–प्रभु बैंक लिमिटडेको   “१०% प्रभु बैंक डिबेन्चर २०८४” बाँडफाँड भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा साउन १९ गतेदेखि २३ गतेसम्म सय अङ्कित दरको बीस लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो ।

सो मध्ये १२ लाखकित्ता डिबेन्चरले हुनआउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।

निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई सात लाख साठी हजार) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २३०८ जना आवेदकहरुबाट कूल ७,३०,३६५ (सातलाखतीस हजार तीन सय पैँसट्ठी) कित्ता ऋणपत्रको लागिआवेदन प्राप्त भएको थियो ।

त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३,५१,२३१ (तीन लाख एकाउन्न हजार दुई सय एकत्तिस) कित्ता ऋणपत्र विभिन्न कारण वश रद्द भएको हुँदा रितपूर्वक १८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरियो । रितपूर्वक १८९१ जना योग्य आवेदकहरुलाई कूल ३,७९,१३४ (तीन लाख उनासी हजार एक सय चौँतिस) कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३,८०,८६६ (तीनलाखअसीहजार आठ सय छयसट्ठी) कित्ता समेत गरी कूल १५,८०,८६६ (पन्ध्र लाखअसीहजार आठ सय छयसट्ठी) कित्ता ऋणपत्र बाँडफाँड गरियो ।

सर्वसाधारण समूहबाट ३७,९१,३४,००० (सैँतीस करोड एकानब्बे लाखचौँतिस हजार) रुपैया र व्यक्तिगत तवरबाट १,५८,०८,६६,००० (एक अर्ब अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार) रुपैया निष्काशन रकमका लागि आज बिहीबार निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरियो ।
प्रभु बैंक लिमिटेडका ऋणपत्रमा मागगरिएको भन्दा ३.०७ गुण बढीले आवेदन पर्न आएको व्यहोरा जानकारी गराईन्छ । 
 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको