Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सकाे नाफा बढ्दा कस्ता छन् अरू सूचक ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, ०७ : ०० मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सकाे नाफा बढ्दा कस्ता छन् अरू सूचक ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं -  सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ३५ करोड ८२ लाख ४६ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २४.८९ प्रतिशतले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले २८ करोड ६८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीकाे खुद बिमा शुल्क ९८ करोड ९२ लाख २४ हजार रुपैयाँबाट घटेर ९८ करोड ४१ लाख ४३ हजार रुपैयाँमा आएको छ । कम्पनीकाे बिमा कोषको आकार स्थिर रही ६३ करोड १४ लाख ३६ हजार रुपैयाँ नै रहेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ र जगेडा कोषमा ५१ करोड ८६ लाख ३ हजार रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको