Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ ल्याउन लागेको ज्योति लाइफ इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, ०७ : ३५ मा प्रकाशित

आइपिओ ल्याउन लागेको ज्योति लाइफ इन्स्योरेन्सको कति छ नाफा ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा १२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ६ लाख ४१ हजार रुपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ८०.२८ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले ९८ करोड ७७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ३९ करोड ९५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ८३ पैसा रहेको छ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्दैछ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको