Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १० : २४ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सकाे अधिकांश सूचकमा चमक (विवरणसहित)

अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २४.२८ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले २ अर्ब २० करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १६.३५ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ र जगेडा कोषमा ३७ करोड ६६ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १० रुपैयाँ १२ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको