Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो नेशनल लाइफ इन्स्योरेन्सकाे नाफा, अन्य सूचक कस्तो ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १२ : १५ मा प्रकाशित

बढ्यो नेशनल लाइफ इन्स्योरेन्सकाे नाफा, अन्य सूचक कस्तो ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ३९ करोड १२ लाख २९ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १६.३२ प्रतिशतले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ११ करोड ४० लाख ७९ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा  १६.८४ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले ७ अर्ब ८० करोड २ लाख ४६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार २७ अर्ब १९ करोड ८ लाख ३२ हजारबाट बढेर ३३ अर्ब ७२ करोड १६ लाख १० हजार रूपैयाँ पुगेकाे छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३ करोड ६१ लाख ८१ हजार  रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी  १६ रुपैयाँ ९२ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको