Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्समा कोरोना प्रभाव : नाफा घट्यो

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १३ : २२ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्समा कोरोना प्रभाव : नाफा घट्यो

अर्थ संसार, काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा २० करोड ४१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २१.४४ प्रतिशतले थाेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले ५८ करोड ८३ लाख  रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ११.३६ प्रतिशतले थाेरै हाे । गत वर्ष कम्पनीले ६६ करोड ३७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार ५६ करोड ९८ लाखबाट बढेर ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।   

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको