Like us!
Follow us!
Connect us!
Watch us!

कार्यालय खुले पनि राजाधानी अझै सुनसान, कहाँ कस्तो (फोटो फिचर)

शुक्रबार, २८ असोज २०७३, १७ : ३६ मा प्रकाशित

कार्यालय खुले पनि राजाधानी अझै सुनसान, कहाँ कस्तो (फोटो फिचर)


अर्थ संसार
काठमाडौं–दशैंको लामो विदापछि शुक्रबारदेखि कार्यालय खुलेका छन् । दशैं मनाउन राजधानी बाहिर गएकाहरु अझै नफर्केकाले सुक्रबार पनि राजधानीमा खासै चहलपहल देखिएन । 

मुख्य बजारका सटर अझै बन्द देखिन्छन् । सवारी साधान फाट्टफुट्ट दगुरेका देखिन्छन् । गुडेका सवारी साधनमा पनि आफन्तकहाँ टिका लगाउन जानेहरुकै बाहुल्य देखिन्छ । अधिकांश सवारी साधनमा यात्रु थोरै देखिन्छन् । सठकमा हिँड्नेहरुको संख्या पनि सीमित छ । 

राजाधानी बाहिरबाट फर्कने यात्रुको संख्या भने बढेको छ । यातायात ब्यवसायी महासंघका अनुसार दशैंका बेला २२ लाख यात्रु राजधानीबाहिर गएका थिए । अहिले मुख्य नाकाहरुबाट दैनिक ८ हजार सवारी साधन भित्रीरहेका छन् ।

मुलुकको पूर्वी क्षेत्रका बासिन्दाले पूर्णिमासम्म दशैं मनाउने भएकाले घर फर्केकाहरु त्यसपछि मात्र राजधानी फर्कने छन् । त्यसले गर्दा अझै केही दिन काठमाडौं सुनसान हुने देखिन्छ । 

अर्थ संसारले शुक्रबार राधानीको न्युरोड, पुतलीसडक, थापाथली, कुपन्डोल, पुल्चोक, पाटनलगायतका बजारको घुम्दा देखिएको दृष्य क्यामेरामा कैद गरेको छ । ती स्थानका तस्बिर यहाँ प्रस्तुत गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको