Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सकाे नाफा बढ्दा अन्य सूचक कस्तो ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १५ : ५० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सकाे नाफा बढ्दा अन्य सूचक कस्तो ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा १२ करोड ९० लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २ करोड ४९ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले १० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड ११ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ४८ करोड २३ लाख रुपैयाँले धेरै हाे । गत वर्ष कम्पनीले ८८ करोड ८८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा ३१ करोड ६५ हजार रुपैयाँ र बीमाकोषमा एक अर्ब ४६ करोड ३१ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी वार्षिक ९ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ १५ पैसा रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको