अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । जसमध्ये २१८ जना महिला र ४२३ जना पुरूष रहेका छन् । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या २६ हजार ६ सय ६० जना पुगेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
आइतबार काठमाडौँका १२६ जना, ललितपुरका ३८ जना र भक्तपुरका ८ जना गरी उपत्यकामा मात्रै १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस