Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सले यसरी बढायो नाफा (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १७ : २५ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सले यसरी बढायो नाफा (विवरणसहित)

अर्थ संसार काठमाडाैं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ४ करोड ४४ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १ करोड ३७ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ७० करोड ५८ लाख रुपैयाँले धेरै हाे । गत वर्ष कम्पनीले ४५ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ४ करोड ३६ लाख रुपैयाँ र महाविपत्ती जगेडा काेषमा १ करोड २६ लाख रुपैयाँ सञ्चित रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको