Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको बोलपत्र आज खोलिने !

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, ०६ : ३२ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको बोलपत्र आज खोलिने !

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १२ गतेदेखि बिक्री खुल्ला गरेकाे लिलामी शेयरमा प्राप्त भएकाे बाेलपत्रहरू आज (साेमबार) खोलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू आज बिहान ११ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालय, नागपाेखरी, काठमाडौंमा खाेलिनेछ । 

कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको थियाे ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको