Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सकाे नाफा बढ्दा अन्य सूचक कस्तो ? (विवरणसहित)

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, १० : ५३ मा प्रकाशित

शिखर इन्स्योरेन्सकाे नाफा बढ्दा अन्य सूचक कस्तो ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ६.३९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ४२ करोड ३१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १ अर्ब २८ करोड ६१ लाख ८९ हजार  रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ७.८३ प्रतिशतले थाेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब १८ करोड ५४ लाख ६८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि १.४४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा १ अर्ब ४ करोड २२ लाख ९५ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा ८३ करोड ६३ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ २८८ रुपैयाँ ०२ पैसा रहेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको