Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो प्रभु इन्स्योरेन्सकाे नाफा (विवरणसहित)

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, ११ : ५० मा प्रकाशित

बढ्यो प्रभु इन्स्योरेन्सकाे नाफा (विवरणसहित)

अर्थ संसार काठमाडाैं - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा २५ करोड ४० लाख ३७ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  १.१५ प्रतिशतले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले २५ करोड ११ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले ४९ करोड ११ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३.५६ प्रतिशतले थाेरै हाे । गत वर्ष कम्पनीले ५० करोड ९३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ, जगेडा कोषमा २१ करोड ८६ लाख ६ हजार रुपैयाँ, बीमा कोषमा ७० करोड ४२ लाख ५६ हजार रुपैयाँ र महाविपत्ती जगेडा काेषमा ९ करोड ७६ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेकाे छ । 

त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी २४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ सय ९७  रुपैयाँ रहेकाे छ । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको