Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीको ऐनमाथि सगरमाथा इन्स्योरेन्सको धज्जी ! आर्थिक सहायताको सिमा नाघ्यो,शेयरधनीलाई के ?

अर्थ संसार

मंगलबार, ०२ भदौ २०७७, १० : ५९ मा प्रकाशित

कम्पनीको ऐनमाथि सगरमाथा इन्स्योरेन्सको धज्जी ! आर्थिक सहायताको सिमा नाघ्यो,शेयरधनीलाई के ?

अर्थ संसार, काठमाडौं– पछिल्लो समय नियामन निकायलाई वेवस्ता गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफू खुसी खर्च गर्दै आएको देखिएको छ ।  कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड 'ग' ले निधारण गरेको सामाजि संघ संस्थालाई  प्रदान गर्ने आर्थिक सहायतामा आफ्नो नाताबातलाई काखी च्याप्दा सगरमाथा इनस्योरेन्सले खर्चको सिमा नै बिर्सिन पुगेको छ ।  खर्च गर्नु पर्ने भन्दा धेरै करिव ९० हजार बढी खर्च गरेको छ ।

यो खर्चलाई कम्पनीले आगामि वार्षिक साधारणसभामा पारित गर्ने मुख्य एजेन्डा नै बनाएको छ । कम्पनीले २३ औं वार्षिक साधारणसभा भदौंको १३ गते शनिबार कमपनीको प्रधान कार्यालयको प्राङ्गण, नक्साल काठमाडौंमा बोलाएको छ । कोरोना भाइरसको यस्तो परिस्थितिमा साधारणसभामा बोलाएर कम्पनीले ऐन कानूनलाई बिर्सेर गरेको कामकारवाहीलाई सजिलै साधारणसभामा पास गराउने नियती देखिएको छ ।

सगरमाथा इनस्योरेन्सको बीमा भुक्तानी दावीमा ठूलो समस्या हुँदै आएको बीमितकर्ताहरु बताउँछन् । कम्पनीलाई नियामक निकाय बीमा समितेले भने दावी भुक्तानीमा बारम्बार सचेत गराउँदै आएको छ । 

त्यसोता कोरोनाका कारण लगानीकर्ताको उपस्थिति कम हुन्छ । कम लगानीकर्ताको उपस्थिति र बढी कर्मचारीको उपस्थितिमा हुने अहिलेको साधारणसभामा शेयरधनीको अहित हुने मुद्दाहरुपनि सजिलै पास हुँदै आएका छन् । यो अवस्थामा हुने साधारणसभा उपस्थिति हुने १०/ १५ जना शेयरधनीको आवाजलाई संचालक समिति र व्यवस्थापनले कुल्चिदै आएको छ । 

कम्पनीले साधारणसभामा शेयरधनी उपस्थितिको लागि पत्रपत्रिकामा सूचना जारी गर्ने, अनि उपस्थितिको सिमा तोक्ने अहिलेको चलन छ ।  अहिलेको परिस्थितिमा कुनै बैठक सभामा २५ जना भन्दा बढी सहभागि हुन पाउने छैनन् । तर साधारणसभा २५ जना भन्दा बढी कर्मचारीहरुको पस्थिति हुने गर्दछ ।

साधारसभामा शेयरधनीको आवाज नसुन्ने भए  लाखौं रुपैयाँको बील देखाउन किन होटलको सभाहलमा साधारणसभा  गर्ने ? साधारणसभामा शेयरधनीको भूमिका हुन्छ भने नियामक जस्तो धितोपत्र बोर्ड, बीमा समितिले यस विषयलाई गम्भिरतापूर्वक लिनु पर्दछ । नत्र भने भोलीका दिनमा कम्पनीहरुले शेयरधनीको आवाजलाई बन्धक बनाई आफूखुसीका एजेण्डाहरु सजिलै पास गर्ने सस्कारको विकास हुँदै आएको छ अझ बढ्ने देखिन्छ । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको