Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सकाे अधिकांश सूचकमा चमक ! (विवरणसहित)

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १० : १७ मा प्रकाशित

नेको इन्स्योरेन्सकाे अधिकांश सूचकमा चमक ! (विवरणसहित)

अर्थ संसार काठमाडाैं -  नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३०.५१ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १०.९१ प्रतिशतले थाेरै हाे । गत वर्ष कम्पनीले १ अर्ब १४ करोड ५१ लाख ९२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार पनि ३६.९२ प्रतिशतले बढेर ८३ करोड १६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधीमा कम्पनीको बिमा कोषमा ६० करोड ७४ लाख २८ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ र जगेडा कोषमा ५२ करोड ४४ लाख २ हजार रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा रहेको छ ।

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको