अर्थ संसार, काठमाडौं– आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन् । फुयाँलले आफ्नो करियर बैंकिङ्ग सेवाबाट सुरुवात गरेका थिए । पछिल्लो समयमा फुय‘ाल बिभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकिय पदमा कार्यरत गर्दै आएका थिए ।
आइतबारदेखि कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै फुयाँलले आफुसँग रहेको कार्य अनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै कम्पनीलाई हालसम्म सहयोग पुर्याउनुहुने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरुलाईधन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गरी दिनुहुनका लागि अनुरोध गरेका छन् ।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
लगानीकर्ताको रोजाइमा insurance कम्पनी | यस्ता छन् नेप्सेमा सूचिकृत महँगा जीवन र निर्जीवन कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस