Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १० : ३१ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले श्रावण २२ गतेदेखि श्रावण २९ गतेसम्म लिलामी मार्फत बिक्री गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू आज (भाद्र ९ गते, मंगलबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू अहिले ११ बजे बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, नयाँ बानेश्वर, काठमाडौंमा खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले सर्वसाधारण समूहकाे ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता र संस्थापक समूहकाे ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता गरी कूल १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेको थियाे ।

कम्पनीले फागुन २२ गतेबाट असार २५ गते बिहीबारसम्म १० बराबर ६ (१०:६) काे अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३६ लाख ८१ हजार ३ सय ५९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे । त्यसैले आवेदन नपरेकाे बाँकी शेयर लिलामी मार्फत बिक्री गरेकाे थियाे ।

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको