Like us!
Follow us!
Connect us!
Watch us!

आश्रित पत्नी ज्ञवालीलाई चन्दादाताले बनाइ दिए घर (फोटो फिचर)

शनिबार, २९ असोज २०७३, ११ : १६ मा प्रकाशित

आश्रित पत्नी ज्ञवालीलाई चन्दादाताले बनाइ दिए घर (फोटो फिचर)

घरमै आश्रितको शालिक, तीन पूर्व प्रधानमन्त्रीले गरे अनावरण
अर्थ संसार
काठमाडौं–अरु बेला एमालेका सामान्य कार्यकर्तासमेत नपुग्ने एमाले नेतृ माया ज्ञवालीको बासस्थानमा शुक्रवार विशेष जमघट थियोे । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी माया ज्ञवालीको निम्तो बेगरै दशैको व्यवस्ताका बाबजुद तीन  पूर्वप्रधानमन्त्री केपी ओली, झलनाथ खनाल र माधव नेपाल चाबहिलको गोपीकृष्ण हलपछाडि रहेको ज्ञवालीको बासस्थान सोध्दै पुगे । आश्रित पत्नीको बासस्थानमा यस्तो जमघट आश्रितको निधनपछि पहिलो हो । पार्टीको उपेक्षामा परेकी ज्ञवाली पतिको निधनपछि गुमनाम जस्तै छिन् । एमालेमा योगदान गरेर पनि ज्ञवालीलाई अहिलेसम्म सार्वजनिक जिम्मेवारी दिइएको छैन् । 

आश्रित पत्नी ज्ञवालीको घर बनाउने पहल एमाले नेता बामदेव गौतम पत्नी तुलसी थापाले गरेकी हुन् । उनकै नेतृत्वमा गठन भएको भवन निर्माण समितिको जमर्काेमा चन्दादाताको सहयोग लिएर ५४ लाख रुपैयाँ लागतमा घर बनाइएको गौतम पत्नी थापाले जानकारी दिएकी छन् । उनका अनुसार यो रकममध्ये ३९ लाख जुटेको र बाँकी सहयोग जुटाउन पहल भइरहेको छ ।


एमालेको शीर्ष पंक्ति घरमै आएपछि ज्ञवालीको मुहार शुक्रबार केही हसिँलो देखिन्थ्यो । जमघटको कारण थियो चन्दादाताको सहयोगमा उनका लागि चाबहिलमा बनाइएको घरमा खडा गरिएको जीवराज आश्रितको शालिक अनावरण । आश्रितको शालिक अनावरण गर्न तीन पूर्वप्रधानमन्त्री ओली, खनाल र नेपाल ज्ञवालीको घर पुगेका थिए । एमालेको शीर्ष नेतृत्व ज्ञवालीको घर आउने खबर पाएका एमालेका नेता कार्यकर्ता ज्ञवालीको घरमा बिहानैदेखि भेला भएका थिए । यो कार्यक्रमको संयोजन गरेको थियो एमाले काठमाडौ जिल्ला कमिटीले ।
पार्टीको आन्तरिक कलहले एउटै मञ्चमा नदेखिने एमाले नेतात्रय आश्रितको शालिक अनावरणमा गर्न चाहिँ एउटै मञ्चमा भेला भए । शालिक अनावरण तथा माल्यापर्णअघि ओली, खनाल र नेपालले ज्ञवालीलाई चन्दा दाताले बनाइ दिएको घर निरीक्षण गरेका थिए । घर निरीक्षणपछि पूर्वप्रधानमन्त्री नेपालले भने — ‘धेरै समयपछि थोरै भए पनि मायाजीलाई राहत मिल्यो, राम्रो भयो ।’ 
आश्रित पत्नी ज्ञवालीको घर बनाउने पहल एमाले नेता बामदेव गौतम पत्नी तुलसी थापाले गरेकी हुन् । उनकै नेतृत्वमा गठन भएको भवन निर्माण समितिको जमर्काेमा चन्दादाताको सहयोग लिएर ५४ लाख रुपैयाँ लागतमा घर बनाइएको गौतम पत्नी थापाले जानकारी दिएकी छन् । उनका अनुसार यो रकममध्ये ३९ लाख जुटेको र बाँकी सहयोग जुटाउन पहल भइरहेको छ । उनलाई अनेमसंघका अध्यक्ष तथा शहिद पत्नी गोमा देवकोटा लगायतका महिला नेतृहरुले सघाएका थिए । शुक्रवार सोही प्रसंगमा चावहिलमा आयोजित समारोहमा देवकोटाले भनिन्– ‘बल्ल बल्ल सहयोग जुटाएर सरकारले दिएको जग्गामा घर त बनाइयो । तर अझै रिण तिर्न बाँकी छ, पार्टीले सहयोग गरोस् ।’
आश्रित पत्नी ज्ञवाली, झापाका शहिद नेत्र घिमिरे र अर्का शहिद केशव कोइरालाको परिवारलाई सरकारले २०५१ सालमा चावहिलको गोपीकृष्ण हलनजिकै घर बनाउन प्रति परिवार आठ आना जग्गा उपलब्ध गराएको थियो । घिमिरे र कोइराला परिवारले धेरै पहिले घर बनाए पनि ज्ञवालीले भने बनाउन सकेकी थिइनन् । उनको नाजुक अवस्था देखेर सोही जग्जामा घर बनाउन थापाले पहल गरेकी हुन् । घर तथा आश्रितको शालिक बनाउन अष्टेलिया निवासी राधिका प्रोखरेलले सबैभन्दा बढी २९ खाख सहयोगी गरेकी छन् ।  
त्यस्तै थापाले २ लाख, पोखराको व्यावसायी तथा पूर्व उद्योगमन्त्री हरि पाण्डेले ४ लाख, व्यवसायी भाष्करराज कर्णिकारले ३ लाख २० हजार, ताज महमदले १ लाख, इन्जिनियर अलिअख्तर मिकरानीले ३६ हजार र खिमबहादुर थापाले ४० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । घर निर्माणमा सहयोग गर्ने दाताहरुको इच्छाअनुसार घरमै निर्माण गरिएको जीवराज आश्रितको शालिक अनावरण शुक्रबार गरिएको हो । शालिक माल्यापर्ण गर्न बामदेव गौतम, सूर्य थापा, राजन भट्टराई, कृष्ण राई, सानु श्रेष्ठ लगायत दर्जनौ एमाले नेता कार्यकर्ता ज्ञवाली निवास पुगेका थिए । 

5801c00b29af0.JPG 5801c00cbfd2e.JPG 5801c00e9b7ec.jpg 5801c00ef298a.JPG 5801c0104dd28.JPG 5801c0126de5f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको