Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको लिलामी शेयरको पैसा फिर्ता !

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, १० : ३८ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको लिलामी शेयरको पैसा फिर्ता !

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले श्रावण २२ गतेदेखि श्रावण २९ गतेसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएकाे छ । कम्पनीले उक्त हकप्रद शेयर भाद्र १५ गते, साेमबार बाँडफाँड गरेकाे हाे ।

त्यसैगरी, अवितरित हकप्रद शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम भाेलि (मंगलबार) देखि फिर्ता हुने भएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् ।

कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले सर्वसाधारण समूहकाे ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता र संस्थापक समूहकाे ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता गरी कूल १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेको थियाे ।

कम्पनीले फागुन २२ गतेबाट असार २५ गते बिहीबारसम्म १० बराबर ६ (१०:६) काे अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३६ लाख ८१ हजार ३ सय ५९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे । त्यसैले, आवेदन नपरेकाे बाँकी शेयर लिलामी मार्फत बिक्री गरेकाे थियाे । कम्पनीले उक्त लिलामी मार्फत बिक्री गरेकाे शेयर नपर्नेकाे पैसा फिर्ता दिन लागेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको