Like us!
Follow us!
Connect us!
Watch us!

४ वटा कम्पनीको हकप्रद पाइपलाइनमा, कुनको कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, १९ भदौ २०७७, १२ : २४ मा प्रकाशित

४ वटा कम्पनीको हकप्रद पाइपलाइनमा, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - पछिल्लाे समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

हकप्रद शेयर कै कुरा गर्नुपर्दा विभिन्न ४ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

सेबोनमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरू यस प्रकारका छन् :

१. ङादी ग्रुप पावर कम्पनी लिमिटेड :

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल पुस २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले सय रुपैयाँ अंकित दरकाे १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

२. नेपाल फाइनान्स कम्पनी लिमिटेड :

नेपाल फाइनान्स कम्पनी लिमिटेडले १ बराबर १.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

३. हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड :

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल असार ३१ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

४. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड :

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल जेठ २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको