Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्नअनुमति, भारतमा मात्रै १२ सय मेगावाट निर्यात

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, १५ : ४८ मा प्रकाशित

भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्नअनुमति, भारतमा मात्रै १२ सय मेगावाट निर्यात

नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ । प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्ने अनुमति पाएको हो । 

भारतको सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटीले मंसिर १६ गते यस निर्यातका लागि अनुमति प्रदान गरेको बताइएको छ । यससँगै प्राधिकरणले भारतमा निर्यात गर्ने कुल विद्युत् क्षमता १, हजार २०० मेगावाट पुगेको छ । त्यसैगरी, प्राधिकरणले हालसम्म बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । हालै सम्पन्न दुईपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी भएको प्राधिकरणले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको