Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशनबीच सम्झौता,  विना धितो १५ लाखसम्म कर्जा दिने

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १६ : ३७ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशनबीच सम्झौता,  विना धितो १५ लाखसम्म कर्जा दिने

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडल र नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सोमबार बैंक र ललितपुर महानगरपालिका वडा नÞ ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच सम्झौता भएको हो । 

यस सम्झौता  अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ख सेवाहरु उपलब्ध हुने साथै बिना धिता. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जा अन्तर्गत कर्जावालाई  एक लाख सम्मको कोभिड १९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ

। बैंक र एसोशियशन बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ  । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।  
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको